नयाँ दिल्ली : भारतीय वरिष्ठ वकिल तथा अधिकारकर्मी प्रशान्त भुषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। अदालतको फैसलाको विषयमा ट्विट गरेपछि उनीविरुद्ध अदालतको अवहेलनामा मुद्दा परेको थियो।
अभिव्यक्ति स्वतन्त्रताको विषयमा महत्वका साथ हेरिएको उनको मुद्दामा आज सर्वोच्च न्यायालयले उनलाई १ रुपैयाँ जरिवाना तिर्न भनेको छ। सेप्टेम्बर १५ भित्र जरिवाना रकम नतिर्ने हो भने उनलाई ३ महिना जेल जाने र ३ वर्षका लागि अदालतमा बहसका लागि निषेध हुने समेत फैसलामा उल्लेख छ।
भुषणले उनका वकिल मित्र राजीव धवनले आदेश पालनका लागि आफूलाई एक रुपैयाँ दिएको भन्दै धन्यवाद दिएका छन्
My lawyer & senior colleague Rajiv Dhavan contributed 1 Re immediately after the contempt judgement today which I gratefully accepted pic.twitter.com/vVXmzPe4ss
— Prashant Bhushan (@pbhushan1) August 31, 2020
