PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुशान्तसिंह राजपुत प्रकरणमा तापसी पन्‍नूले मुख खोलिन



पहिलोपोस्ट

सुशान्तसिंह राजपुत प्रकरणमा तापसी पन्‍नूले मुख खोलिन

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई महिनापछि अभिनेत्री तापसी पन्नूले आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

सुशान्त प्रकरणमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले जाँच गरिरहेका बेला तापसीले आफूले व्यक्तिगत रुपमा सुशान्त-रियालाई नचिन्ने बताएकी छन्।

उनले यो प्रकरणमा भएको सामाजिक सञ्जाल र मिडिया ट्रायलमा पनि असन्तुष्टि जनाएकी छन्। कसैलाई आरोप लागेकै भरमा दोषी ठहर गर्नु, अनुमान लगाउनु गलत भएको बताउँदै तापसीले कानूनमाथि भरोसा गर्नुपर्ने उल्लेख गरेकी छन्।

‘म सुशान्तलाई व्यक्तिगत रुपमा चिन्दिन। न त रियालाई नै चिन्छु। तर, म यति जान्दछु कि एक मानव हुनुको नाताले अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहराउनु उपयुक्त होइन। तपाईंको विवेक र मृतकको पवित्रताको लागि भए पनि कानूनमाथि भरोसा गर्नुस्,’ उनले ट्वीटरमा भनेकी छन्।

तापसीले कलाकार लक्ष्‍मी मांचूको ट्वीटलाई रीट्वीट रिया चक्रवर्तीविरुद्धको मीडिया ट्रायलको विरोध गरेकी छन्।

यसअघि सुशान्त प्रकरणमा बलिउडका कलाकार र फिल्ममा सँगै काम गरेका सहकर्मी नै नबोलेको भन्दै आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell