काठमाडौं : ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ। सोमवारदेखि नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सोको डिजिटल अडिसन खुला गरिएको हो। यसको आधिकारिक घोषणका कार्यक्रमको पेजमार्फत् गरियो।
अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर चार मिनेट ५९ सकेन्ड सम्मको भिडियो अपलोड गर्नु पर्नेछ। डिजिटल अडिसन असोज १४ गतेसम्म खुला रहने छ।
'हाँसौं हँसाऔं' भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहनेछन्।
उत्कृष्ट १५ जना प्रतिस्पर्धी छानिए पछि भोटिङ राउन्ड सुरु हुनेछ। विजेताले २५ लाख नगद पुरस्कारसहित का प्राप्त गर्नेछन्।
प्रतिक्षाको घडी अन्त्य भएको छ! कमेडी च्याम्पियन सिजन २ को डिजिटल अडिसन आज (भाद्र १५) बाट खुल्ला हुँदैछ। अडिसनका लागि...
Posted by Comedy Champion on Monday, August 31, 2020
