PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

बोसम्यानले आफ्नो गोपनीयताको सम्मान गरे : ब्ल्याक प्यान्थर निर्देशक रायन कुग्लर



पहिलोपोस्ट

बोसम्यानले आफ्नो गोपनीयताको सम्मान गरे : ब्ल्याक प्यान्थर निर्देशक रायन कुग्लर
Getty Images

फिल्म 'ब्ल्याक प्यान्थरका निर्देशक रायन कुग्लरले फिल्मका स्टार चाडविक बोसम्यानलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले लामो पत्रमार्फत् चाडविकको व्यक्तिगत एवं पेशागत् विशेषता बारे व्याख्या गरेका छन्।

'चाड नियममा बाँधिन नचाहने व्यक्ति थिए। निकै शान्त स्वभावको। सधैं ढुक्क रहन्थे अनि अध्ययनशिल पनि', निर्देशक रायनले लेखेका छन्। चाडविकले आफूहरूमा कहिल्यै नमेटिने छाप छाडेको जनाउँदै लेखेका छन्,'पुर्खाहरू उनीमार्फत् बोले।'

४३ वर्षीय बोसम्यानको गत विहीवार आफ्नै घरमा निधन भयो। सन् २०१६ मा उनमा आन्द्राको क्यान्सर देखिए पछि उपचाररत् थिए।

उपचारकै क्रममा उनले बेला एभेन्जर्स: एन्डगेम, २१ ब्रिज र स्पाइक लीज द ब्लडजस्ता सफल फिल्ममा काम गरेका थिए। तर उनले आफ्नो स्वास्थ्य समस्या बारे कहिले पनि सार्वजनिक जानकारी दिएनन्।

'उनले आफ्नो गोपनीयताको सम्मान गरे', कुगलरले लेखेका छन्,'सहयोगीहरूले उनलाई पीडामुक्त राखे।'

साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानका गेट अन अप, फोर्टी टु लगायत फिल्म सफल छन्।

रायन कुग्लरले लेखेको पत्रबाट।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell