PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

सरकार भन्छ, 'कोरोना संक्रमण बढ्दै गए स्रोत साधनले भ्याउँदैन'



पहिलोपोस्ट

सरकार भन्छ, 'कोरोना संक्रमण बढ्दै गए स्रोत साधनले भ्याउँदैन'

काठमाडौं:  सरकारले कोभिड १९ संक्रमण बढ्दै गए अहिले भएको स्रोत साधनले नभ्याउने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेदेखि नै स्रोत साधनको अभावबारे योजना बनाउनुपर्ने बताए। 'अहिलेको स्रोत साधनले भ्याउँदैन। नपुग्न सक्छ। स्रोत साधनले नभ्याएमा के गर्ने भन्ने आजै सोच्नुपर्छ। घर घरमा रोकथामबारे सोचौ, 'उनले भने।

लक्षण बिनाका संक्रमितलाई घरमै राख्न पनि गौतमले आग्रह गरे। उनले समुदायमै संक्रमितलाई कसरी आइसोलेसनमा राख्ने भन्नेबारे योजना बनाउन सकिने बताए।

संक्रमण बढदै गएपछि सरकारले कोभिड १९ ले अझै केही समय असहज परिस्थिति उत्पन्न हुने भन्दै चेतावनी दिँदै आएको छ। पछिल्ला दिनमा काठमाडौं उपत्यका सहित देशका शहरी क्षेत्रमा संक्रममित संख्या बढिरहेको छ।

सोमवार मात्र थप हालसम्म संक्रमित संख्या ३९ हजार ४ सय ६० छ। अहिलेसम्म मृत्यु हुनेको संख्या २ सय २८ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell