काठमाडौं : स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालले नियमित डायलाइसिस सेवा स्थगित गरेको छ।
अस्पतालले सूचना जारी गर्दै अस्पतालको डायलाइसिस युनिटका चिकित्सक एवं नर्सिङ कर्मचारीहरुमा कोभिड-१९ को संक्रमण देखिएकाले देखिएकोले नियमित डायलाइसिस सेवा सम्बन्धित विरामीलाई अस्पतालबाटै सम्पर्क गरी पालो मिलाई सेवा दिइने र अस्पतालबाट अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मको लागि इमर्जेन्सी डायलाइसिस सेवा मात्र प्रदान गरिने जनाएको छ।
त्यस्तै अस्पतालको सामाजिक सेवा इकाइमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै सो इकाइ पनि बन्द भएको अस्पतालले जनाएको छ। इकाइलाई नर्मलीकरण गर्नका लागि मंगलवार बिहान ७ बजेसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।
