PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

असोज १ गतेसम्म छोटो तथा लामो दुरीका यातायात नखुल्ने



पहिलोपोस्ट

असोज १ गतेसम्म छोटो तथा लामो दुरीका यातायात नखुल्ने

काठमाडौं :  सरकारले असोज १ गतेसम्म लामो तथा छोटा दुरीका यातायातका साधन असोज १ गते सम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतवारको निर्णय अनुसार कोभिड १९ को संक्रमण कम नभएको भन्दै यस्तो निर्णय गरेको हो।

अर्थमन्त्री तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले साउन ५ गते गरेको निर्णय अनुसार भदौ १६ सम्म सञ्चान नगर्ने निर्णय गरेकोमा समय थप भएको बताए।

उनले स्थानीय तह र प्रदेशले जोखिम विश्लेषण गरेअनुसार निर्णय गरिएको बताए।

उनले हवाई यातायात पनि असोज १ गते सम्म नै बन्द रहने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell