PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र



पहिलोपोस्ट

रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र

रौतहट : रौतहटका एक पुरुषलाई अज्ञात समूहले भारतमा बोलाएर हत्या गरेको छ।

ईशनाथ नगरपालिका-७ सानो घ्युरा बस्ने ३२ वर्षीय दिनदयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको हो।

अपरिचित व्यक्तिले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनको गोली हानी हत्या गरिएको थियो। हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ।

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell