वीरगंज : वीरगंजमा थप एक जना संक्रमितको मृत्यु भएको छ। वीरगंज-२४ बहुअरीका ८० वर्षका वृद्धको अपरान्ह ३ :३० बजे नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा हस्पिटल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो।
भदौ १३ मा उनमा कोरोना पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि हेल्थकेयरको आइसीयुमा उपचार गराइरहेका वृद्धको श्वासप्रश्वासमा समस्या आई मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। दम रोगसम्बन्धी समस्या देखिएपछि उनलाई नारायणीमा भर्ना गरिएको थियो। योसँगै पर्साका ३४, दुइ जना भारतीय र वीरगंज घण्टाघरमा जेठ ३१ मा भेटिएको बेवारिसे शवमा गरी ३७ जनाको मृत्यु भएको छ।