PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन



पहिलोपोस्ट

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। सोमवार साँझ ८४ वर्षको उमेरमा मुखर्जीको निधन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कोरोना संक्रमण समेत देखिएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी 'डिप कोमा' मा रहेको अस्पतालले जनाएको थियो।

मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गरेका छन्। पूर्वराष्ट्रपति मुखर्जीको लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

Former President Pranab Mukherjee passes away, announces his son Abhijit Mukherjee. pic.twitter.com/3SFxmRE21j

— ANI (@ANI) August 31, 2020

 

मुखर्जी सन् २०१२ मा भारतका राष्ट्रपति बनेका थिए। त्यसअघि भारतीय राष्ट्रिय काँग्रेसमा रहेर उनले विभिन्न ठूला मन्त्रालयहरुको नेतृत्व समेत गरेका थिए।

मुखर्जीको निधनमा राष्ट्रपति रामनाथ कोविन्दले शोक व्यक्त गरेका छन्। उनले एक युगको अन्त्य भएको उल्लेख गरेका छन्।

President Ram Nath Kovind condoles death of former President Pranab Mukherjee. pic.twitter.com/bth7mbYkSv

— ANI (@ANI) August 31, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell