PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणका लागि नेपाल आउन दिने सरकारको निर्णय



पहिलोपोस्ट

बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणका लागि नेपाल आउन दिने सरकारको निर्णय

काठमाडौं : सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको छ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले आगामी सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell