PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एकको सकुशल उद्धार



रासस

दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एकको सकुशल उद्धार

कञ्चनपुर : लालझाडी गाउँपालिका-२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो। अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्। मृतक दुवैको शव बगेको स्थानबाट तीन सय मिटर टाढा फेला परेको थियो।

‘मृतक दुवै बालिका माछा मार्नका लागि नदीमा गएको परिवारजनबाट बुझिएको छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

उद्धार गरिएकी बालिकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ। मृतक दुवै बालिकाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell