PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नुवाकोटमा दुई कोरोना संक्रमित महिला सम्पर्कविहीन, खोज्ने जिम्मा प्रहरीलाई



रासस

नुवाकोटमा दुई कोरोना संक्रमित महिला सम्पर्कविहीन, खोज्ने जिम्मा प्रहरीलाई

नुवाकोट : नुवाकोट घर भएका दुई महिला कोरोनाको संक्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन्। काठमाडौंमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका महिला सम्पर्कविहीन भएका हुन्।

कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमुना दिएको र ठेगाना ‘नुवाकोट, वडा नम्बर ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमुना दिँदा फोन नम्बर उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले संक्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको हो। कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई संक्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell