PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

भयावह दृष्य : १५ दिनमा १३ हजार संक्रमित, १ सय २४ को मृत्यु



पहिलोपोस्ट

भयावह दृष्य : १५ दिनमा १३ हजार संक्रमित, १ सय २४ को मृत्यु

काठमाडौं : देशभर पछिल्लो १५ दिनमा १२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म देशभर १२ हजार ७७० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ।

सोमबारमात्रै ८९९ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको संख्या  ३९ हजार ४६० पुगेको छ।

भदौ १ गते ५८१ जनामा संक्रमण देखिएको थियो। त्यसयता संक्रमणको ग्राफ बढ्दै गएको छ।

मृतकको संख्या बढ्दो

यस्तै, १५ दिनमा देशभर कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ।

सोमबारसम्म देशभर संक्रमणका २२८ जनाको मृत्यु हुँदा १५ दिनमा मात्रै १२४ जनाको मृत्यु भएको छ।

आइतबार देशभर हालसम्मकै सर्वाधिक संक्रमित पहिचान हुँदा मृतकको संख्या पनि हालसम्मको उच्च रहेको थियो। आइतबार १ हजार २२१ जनामा संक्रमण देखिएको थियो भने १४ जनाको मृत्यु भएको थियो।  सोमबार भने ७ जनाको मात्र संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हटस्पट काठमाडौं

काठमाडौं उपत्यका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ।

साउन अन्तिम सातायता दैनिकजसो सयौँ संख्यामा संक्रमित पहिचान भएका छन्। समुदायमा नै संक्रमण पुगिसकेको अवस्थामा मृतकको संख्या पनि बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरि ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७२४ पुगेको छ।

पछिल्लो १५ दिनमा मात्रै उपत्यकामा ३ हजार ७५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भदौमा मात्रै काठमाडौंमा २ हजार ९५३ जनामा संक्रमण देखिँदा ललितपुरमा ४५५ र भक्तपुरमा ३४६ जनामा संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा देशभरकै सबैभन्दा बढी संक्रमित छन्। काठमाडौँमा ४ हजार ५२२ जनामा संक्रमण देखिएको छ। ललितपुरमा ५१७ जनामा संक्रमण देखिँदा ६८५ भक्तपुरमा जनामा संक्रमण पुष्टि भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell