PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि गयो ज्यान



राधेश्याम पटेल

कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि गयो ज्यान

वीरगंज : पर्सामा थप एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज - २० हरपतगंजका ५३ वर्षीय पुरुष रहेका छन्।

उनको राति १२ : ४५ बजे नारायणी अस्पताल अन्तर्गत सञ्चालित अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर हस्पिटल, गण्डक बहुअरीमा भएको नारायणी अस्पताका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए।

मधुमेह तथा मृगौलाका विरामी समेत रहेका ५३ वर्षका पुरुषमा कडाखाले निमोनियाका कारण श्वासप्रश्वासमा समस्या अई अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। साउन ३० गते स्वाब संकलन गरी साउन ३१ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएको १६ दिनपछि उनको मृत्यु भएको हो। यससँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

वीरगंजमा बस्दै आएका मृत्यु भएका दुई भारतीय नागरिक र जेठ ३१ मा घण्टाघरमा भेटिएको एक वेवारिसे शवमा पनि संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell