वीरगंज : वीरगंजमा पछिल्लो समय थपिने कोरोना संक्रमितको सख्या घट्दै गएको छ। ३५ दिनदेखिको निषेधाज्ञा र कन्ट्याक्ट् ट्रेसिङ् एवम परीक्षण कम हुँदा संक्रमित थपिने संख्या पनि कम हुँदै गएको हो।
भदौ १६ गते नारायणी अस्पताल पीसीआर प्रयोगशालाले अबेर राति सार्वजनिक गरेको नतिजा अनुसार ४ सय १४ नमुना परीक्षणमा ३ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भयो। नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जनाएअनुसार पर्साका १८ जना र बाराका २ जनामा पोजेटिभ देखिएको हो। ४ सय १० पीसीआरबाट ३ महिलासहित १८ जना नया संक्रमित भेटिएका हुन् भने ४ जिन एक्सपर्ट परीक्षण।
