काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ।
सिराहा मिर्चौया ६ घर भएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको डाक्टर निदेश सापकोटाले जानकारी दिए।
ज्वरो, खोकी लगायतको समस्या देखिएपछि बिराट मेडिकल कलेज, विराटनगरले बीपी प्रतिष्ठानमा रिफर गरेको थियो। भदौ ९ गते कोभिड १९ परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। उनलाई भदौ १० गते अस्पताल भर्ना गराएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सापकोटाले जानकारी दिए।
उनी मधुमेह, उच्च रक्तचापका विरामी समेत थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भएको थियो।
