PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सडक पेटीमा अलपत्रको उपचारकै क्रममा मृत्यु, निधनपछि पुष्टि भयो - कोभिड १९



राधेश्याम पटेल

सडक पेटीमा अलपत्रको उपचारकै क्रममा मृत्यु, निधनपछि पुष्टि भयो - कोभिड १९

वीरगंज : वीरगंजमा मृत्यु भएको एक अर्का व्यक्तिमा पनि कोरोना भाइरस पुष्टि भएको छ। सडक पेटीमा अस्वस्थ अवस्थामा भेटिएका करिब ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो।

पहिचान नखुलेका उनको तीन दिनयता नारायणी अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममा गए राति उनको निधन भएको हो। मृत्युपछि गरिएको जिन एक्सपर्ट परीक्षणबाट उनमा कोभिड १९ को संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए।

'उनको उपचारको क्रममा गएराति पौने ९ बजे आकास्मिक कक्षमा मृत्यु भएको हो,' डाक्टर चौरसियाले भने। मृत्युपछि गरिएको जिन एक्सपर्ट परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको मृत्यु कोरोना संक्रमणबाट भएको खुलेको हो।

तीन दिन अघि वीरगंजका समाजिक अगुवाहरुले ती व्यक्तिलाई सडकबाट उठाएर अस्पताल पुर्‍याएका थिए। अस्पतालमा ल्याउँदा उनी निक्कै कमजोर थिए भने ज्वरो पनि चर्को थियो। त्यसैगरी, एक साता अघि ल्याइएका तीन जना असहायमध्ये एक जना ठीक भएर फर्किसकेका छन्। अन्य दुई जना असहायलाई छुटै कोठामा राखेर उपचार भइरहेको डाक्टर चौरसियाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell