PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

काठमाडौंमा पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु



सविन ढकाल

काठमाडौंमा पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : कोभिड -१९ संक्रमणबाट काठमाडौंमा एक पूर्व न्यायाधीशको मृत्यु भएको छ। उनको लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

'मुटुको समस्या थियो। आज बिहान निधन भयो,' उनका भाइ कृष्णराज चालिसेले बताए।  

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए। 

'पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना हुनु भएको थियो। आज मृत्यु भयो,' काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले भने, 'उपचारकै क्रममा उहाँमा कोरोना भाइरस देखिएको हो।'

उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell