PahiloPost

May 15, 2025 | २ जेठ २०८२

१२ घण्टाभित्र कोरोना संक्रमणले वीरगंजमा मात्रै तीन जनाको मृत्यु



राधेश्याम पटेल

१२ घण्टाभित्र कोरोना संक्रमणले वीरगंजमा मात्रै तीन जनाको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

वीरगंज : वीरगंजमा पछिल्लो १२ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा, वीरगंज २० हरपतगंजका ५३ वर्षीय, एक जना पहिचान नखुलेका अन्दाजी ६० वर्षीय र कोल्हीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

राति पौने ९ बजे नारायणी अस्पतालको आकास्मिक कक्षमा तीन दिनदेखि उपचाररत सडक पेटीमा भेटिएका एक व्यक्तिको मृत्युपछि कोरोना भाइरस पुष्टि भएको हो। त्यसैगरी वीरगंज हरपतगंजका ५३ वर्षिय पुरुषको वीरगंज हेल्थेकयर अस्पतालमा आईसीयूमा उपचारका क्रमा राति पौने १ बजे मृत्यु भएको हो।

त्यसैगरी, बाराका ६० वर्षीय वृद्धको आज बिहान पौने ५ बजे नारायणी अस्पतालको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो। मधुमेह र मृगौला पीडित हरपतगंजका संक्रमितको कोरोना पोजेटिभ पुष्टि भएको १६ दिनपछि मृत्यु भएको थियो। भदौ १३ गते बारा कोल्हबीका संक्रमितमा कोरोना भाइरस पुष्टि भएपछि गण्डक अस्पतालमा अक्सिजन दिएर राखिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell