PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अगस्टमा झन्डै २० लाख संक्रमित थपिए भारतमा, एकै महिनामा बिते २८ हजार ८ सय



पहिलोपोस्ट

अगस्टमा झन्डै २० लाख संक्रमित थपिए भारतमा, एकै महिनामा बिते २८ हजार ८ सय

नयाँ दिल्ली : अगस्ट महिनामा मात्र भारतमा झन्डै २० लाख जना मानिसमा कोरोना भाइरसको संक्रमण पहिचान भएको छ। एक महिनामा संसारका कुनै पनि मुलुकमा यो संख्यामा संक्रमित भेटिएका छैनन्। जुलाइ महिनामा अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए। त्यसलाई भारतले अगस्टमा उछिनेको हो।

भारतका लागि अगस्ट महिना मृत्यु हुने संक्रमितको संख्याका कारण पनि खराब रह्यो। एक महिनामा भारतमा २८ हजार ८ सय ५९ जनाले ज्यान गुमाए जुन अघिल्लो महिनाको तुलनामा ५० प्रतिशतले बढी हो।

अगस्टमा भारतमा १९ लाख ८७ हजार ७ सय ५ जना कोरोना भाइरस संक्रमित भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ। गत जुलाईमा संयुक्त राज्य अमेरिकामा १९ लाख ४ हजार ४ सय ६२ जना संक्रमित पहिचान भएका थिए। भारतमा संक्रमितको एक महिनाको डरलाग्दो तथ्याङ्क आउनुअघि अमेरिकाको तथ्याङ्क सबैभन्दा ठूलो मानिन्थ्यो।

भारतमा मे महिनामा १ लाख ५० हजार संक्रमित पहिचान भएको थियो भने जुन मा ४ लाख। जुलाईमा ११ लाख संक्रमित भेटिएका थिए।

मृत्युको संख्यामा भारतमा एक महिनामा नयाँ रेकर्ड कायम भएको भए पनि अमेरिका र ब्राजिलको तुलनामा यो संख्या केही कम देखिन्छ। अगस्टमा अमेरिकामा ३१ हजार मानिसले ज्यान गुमाए भने ब्राजिलमा २९ हजार ५ सय ६५ जनाले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell