PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

अत्यावश्यक सामानहरूको डेलिभरी पुन: सुरु



पहिलोपोस्ट

अत्यावश्यक सामानहरूको डेलिभरी पुन: सुरु

काठमाडौं : सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी इ–कमर्स सेवा प्रदायकहरूले अत्यावश्यक सेवा उपलब्ध गराउने भएका छन्। इ-कमर्स व्यवसायीहरूको साझा फोरमले विज्ञप्ति जारी गर्दै भदौ १६ गतेदेखि होम डेलिभरी पुन: सुरु गर्ने जानकारी दिएको हो।

सेवा अन्तर्गत अत्यावश्यक भनिएका औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरू मात्र होम डेलिभरी गरिने जनाइएको छ।

भनिएको छ, ’अत्यावश्यक बाहेकका अन्य वस्तुहरूको होम डेलिभरी हुन नदिइ सर्वसाधारणका आवश्यकताहरु सहज, सुलभ र सुरक्षित तरिकाले परिपूर्ती गर्न हामी प्रतिवद्ध छौं। अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको होम डेलिभरी गर्ने कार्य कुनै इ–कमर्स संचालकले गरेको पाइएमा सोको सम्बन्धित संचालक नै जवाफदेही हुनु पर्नेछ।‘

नियम उलङ्घन गरेको पाइएमा फोरमले फोरमले त्यस्तो कार्यको संरक्षण वा प्रतिरक्षा नगर्ने बताएको छ।

भदौ ११ र १२ गते अत्यावश्यक बाहेकका अन्य सामानहरु डलिभरी गरेको भन्दै केही डेलिभरी स्टाफ र इ-कमर्स सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले निषेधाज्ञा अवधि भर बिहानको ९ बजेर १५ मिनेट गए पछि डेलिभरी गर्न नपाउने शर्त राखी पक्राउ परेका सबैलाई रिहा गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञामा भने अत्यावश्यकीय वस्तुको व्यवसाय संचालन गर्न रोक नरहेको जनाएको छ। कार्यालयको सोही बुँदाले त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell