PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भन्सार छली गरी ल्याएको ओरियन्स कम्पनीको औषधि बरामद



पहिलोपोस्ट

भन्सार छली गरी ल्याएको ओरियन्स कम्पनीको औषधि बरामद

विराटनगर : भन्सार छली गरी ल्याइएको करिब ७ लाख बराबरकोे ओरियन्स कम्पनीको औषधि झापाको शिवशताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट प्रहरीले बरामद गरेको छ। 

सोमवार दिउँसो साढे २ बजे दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा  सबार भई आएका ६ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधि फेला पारेको हो।

भारतबाट ३ सय ७ वटा बट्टामा प्याक गरी  नेपालतर्फ चोरी तस्करी गरी अवैध रूपमा ल्याएको पाइएपछि उक्त कम्पनीको औषधि बरामद गरिएको इप्रका झापाले जनाएको छ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधनहरू आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय बुझाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell