PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोरोना संकट बीच ‘भेनिस फिल्म फेस्टिभल’को तयारी



पहिलोपोस्ट

कोरोना संकट बीच ‘भेनिस फिल्म फेस्टिभल’को तयारी
Manuel Silvestri/Reuters

विश्वको सबैभन्दा पूरानो फिल्म महोत्सव ‘भेनिस फिल्म फेस्टिभल’ हुने भएको छ। कोरोना भाइरसले निम्त्याएको संकट बीच इटालीमा फिल्म फेस्टिभलको तयारी भइरहेको छ।

टेम्प्रेचर स्क्यानर र भौतिक दूरी कायम राख्दै फिल्म देखाइन स्क्रिन जडान भएका छन्। मास्कलाई अनिवार्य बनाइएको छ। समग्रमा कोभिड-१९ विरुद्ध सुरक्षा रणनीतिसहित कार्यक्रम आयोजना गर्ने तयारी छ।

इटाली भाइरसका कारण सर्वाधिक प्रभावितमध्ये एक देश हो।

आयोजक र स्थानीय दर्शक बाहेक अन्य देशबाट आउने आगन्तुकले पनि सुरक्षाका लागि जारी गरेको निर्देशन पालना गर्नु पर्ने द गार्जियनले जनाएको छ। त्यसका लागि मानिसलाई निमन्त्रणा पत्रसँगै सुरक्षाका लागि जारी निर्देशन पनि पठाइएको छ।

फेस्टिभलमा उपस्थित सबैको शरीरको तापक्रम जाँच गरिने छ। सेङ्गेनबाहिरबाट आएका आगन्तुकले अनिवार्य दुई पटक कोभिड परीक्षण गर्नु पर्नेछ। त्यस्तै कार्यक्रम सकिए पछि पनि ‘ट्रेसिङ एण्ड टेस्टिङ’ हुनेछ।  

सेप्टेम्बर २ तारिख देखि हुने फेस्टिभल १० दिनसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell