PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सिरहामा निषेधाज्ञा १२ दिन थपियो, थप कडाइ गर्ने प्रशासनको निर्णय



रासस

सिरहामा निषेधाज्ञा १२ दिन थपियो, थप कडाइ गर्ने प्रशासनको निर्णय

लहान: सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ।

प्रशासनले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो।

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिए।

निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ। यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell