PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको कोभिड १९ संक्रमणबाट मृत्यु, ५० जना कैदी अझैं संक्रमित



पहिलोपोस्ट

केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको कोभिड १९ संक्रमणबाट मृत्यु, ५० जना कैदी अझैं संक्रमित

काठमाडौं : केन्द्रीय कारागार सुन्धारामा रहेका रहेका एक कैदीको कोभिड १९ संक्रमणको कारण मृत्यु भएको छ।

सोमवार राति उपचारका क्रममा कंचनपुर भीमदत्त नगरपालिका वडा ६ घर भएका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना भएका पुरुषको १० गते कोभिड १९ परीक्षणको लागि स्वाब लिइएको थियो। भदौ १४ गते उनमा कोभिड १९ पुष्टि भएको हो।

'उनी अन्य रोगका बिरामी समेत थिए। मानसिक अवस्था पनि ठीक नभएकाले २०७४ सालदेखि पाटन अस्पतालमा समेत उपचार भइरहेको थियो,' कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले भने।

उनी आफ्नै परिवारका सदस्यलाई मारेकाले कारागार जीवन बिताइरहेका थिए। अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५२ जनालाई कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। जसमा २ जना निको भएर कारागार नै फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell