PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

त्रिभुवन विश्वविद्यालको निर्देशन : क्याम्पस खोल्ने या बन्द गर्ने आफैँ निर्णय गर्नू



पहिलोपोस्ट

त्रिभुवन विश्वविद्यालको निर्देशन : क्याम्पस खोल्ने या बन्द गर्ने आफैँ निर्णय गर्नू

काठमाडौं: त्रिभुवन विश्वविद्यालले कोभिड १९ का कारण भदौ १५ सम्म बन्द भएका क्याम्पसहरुलाई स्थानीय प्रशासन र सरकारी निकायहरुबाट अनुकूल हुनेगरी बन्द गर्ने या खोल्ने भन्ने निर्णय गर्न आङ्गिक क्याम्पसहरुलाई निर्देशन दिएको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै क्याम्पस खोल्ने, नखोल्ने या आंशिक रुपमा खोल्नेबारे निर्णय गरेर विश्वविद्यालयमा जानकारी दिन भनेको हो।

‘त्रिवि अन्तर्गतका सबै क्याम्पसहरु भदौ १५ गतेसम्म बन्द गरिएकोमा विद्यमान अवस्थासमेत कोभिड १९ को संक्रमण नियन्त्रण भइनसकेको संक्रमण नियन्त्रणका लागि स्थानीय तथा प्रशासनबाट जारी आदेशहरु अनुकुल हुनेगरी देहाय बमोजिम क्याम्पस/ कार्यलयहरु आंशिक या पूर्ण बन्द वा सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित क्याम्पस आफैँले निर्णय गरी ब्यवस्था गर्न गराउन र सो को जानकारी त्रिवि केन्द्रीय कार्यालयमा दिनुहुन सबै क्याम्पस कार्यालयहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ।

साथै, लकडाउन तथा निषेधाज्ञा जारी गरेको क्षेत्रमा र नगरेको क्षेत्रका लागि विश्वविद्यलयमा मोटामोटी मापदण्डसमेत बनाएर दिएको छ।

स्थानीय तहले लकडाउन र निषेधाज्ञा जारी गरेको क्षेत्रमा सो अवधिसम्म सबै सेवाहरु बन्द गर्न भनेको छ। यद्यपि, सो अवस्थामा क्याम्पस/ कार्यालयका कर्मचारीहरु,पदाधिकारी, शिक्षकहरुलाई आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षित रुपमा घरबाटै काम गर्ने र भर्चुअल कक्षालाई निरन्तरता दिन भनिएको छ। त्यस्तै बैठक बस्दा भर्चुअल बस्ने र कार्यालयमै उपस्थित भएर गर्नुपर्ने कुनै काम परे सेवा प्रवाह र जनशक्ति सम्बन्धित निकाय प्रमुखले नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्यरुपमा पालना हुने गरी गर्न/ गराउन भनिएको छ।

त्यस्तै, लकडाउन या निषेधाज्ञा जारी नगरिएको क्षेत्रमा सुरक्षा मापदण्डलाई ध्यान पुर्‍याउँदै कार्यालय सञ्चालन गर्न भनिएको छ। त्यस्तै, अहिलेको परिस्थितिका कारण यातायात लगायतका कारण आउजाउमा समस्या भए क्याम्पसले आँफै निर्णय गरी आलोपालो गरेर कर्मचारी व्यवस्थापन गर्दै कार्यालय सञ्चालन गर्न भनिएको छ।

त्यस्तै, विश्वविद्यालयका सबै निकाय, पदाधिकारी, शिक्षक र कर्मचारीले विश्वविद्यालसँग गरिने पत्राचारका लागि विश्वविद्यालयले दिएको आधिकारीक इमेल प्रयोग गर्नसमेत भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell