PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रातको समयमा झारफुक गर्न बोलाएर बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ



रासस

रातको समयमा झारफुक गर्न बोलाएर बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

बाँके: जिल्लाको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन्।

रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताए।

उनले भने, ‘बलात्कारको अभियोगमा हजरत कम्मरशाह बाबा दरगाहा सरिफ मजारमा लामो समयदेखि झारफुकसमेत गर्दै आएका फकिर नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं।’

महिलाहरु यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारमा गएका थिए।

पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरी टोलीले ४० वर्षीय साईलाई पक्राउ गरेको थियो। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell