PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

इन्द्रजात्रामा सुनसान बन्यो वसन्तपुर

इन्द्रजात्रामा सुनसान बन्यो वसन्तपुर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज यँया: पुन्ही अर्थात इन्द्रजात्रा। हनुमानढोका दरबार क्षेत्र यतिखेर हजारौं मानिसले भरिएको हुन्थ्यो। धिमे र भुस्याको तालमा मानिसहरु रमारहेका हुन्थे। लाखे, पुलुकिसि नृत्युमा झुमिरहेका हुन्थे। जीवित देवी कुमारीका साथै जीवित देवहरु गणेश र भैरवको रथ यात्रा भइरहेको हुन्थ्यो।

तर काठमाडौंलाई  जीवन्त बनाइरहेको यो पर्वमा यसपटक वसन्तपुर दरबार क्षेत्र सुनसान बन्यो। कोरोना संक्रमणका कारण यसपटकको यँया: रद्द गरिएपछि दरबार क्षेत्र सुनसान बनेको हो।

आज कुमारी, गणेश र भैरव लगायत अन्य देवताहरुको नियमित पूजा र क्षमा पूजामात्रै गरियो। मरुको मध्यभागमा यसपटक यमद्य: (इन्द्र) लाई राखिएन। किलाघ: मा भने यमद्य: लाई बन्धनमा राखिएको थियो।

इन्द्रजात्राको दिन राष्ट्रपति रथयात्रा हेर्न गद्दीबैठक पुग्ने गर्छन्। तर यसपटक जात्रा रोकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तुपर आइनन्। कुमारी घरबाट शितल निवास पूजा भने लगियो।



ट्रेन्डिङ पोस्ट

Ncell