PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरोनाबाट पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ जनाको मृत्यु



पहिलोपोस्ट

कोरोनाबाट पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ जनाको मृत्यु

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। कोरोनाबाट पर्सामा २, बारामा १ र सिरहामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजयकुमार झाले बताए।

पर्सामा मृत्यु हुनेमा वीरगंज महानगरपालिका २० हरपतगंजका ५३ र ६० वर्षीय पुरुष रहेका छन्। यस्तै बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको हो। सिरहाको मिर्चैया नगरपालिका ६ का ६५ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टाकै अवधिमा मृत्यु भएको हो।

प्रदेशको सबैभन्दा बढी पर्सामा ३६ जनाको कोरानाबाट ज्यान गइसकेको छ। यस्तै बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रदेशमा हालसम्म १६ महिला र ७८ पुरुष गरी ९४ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell