काठमाडौँः नेपाल आयल निगमले पेट्रोलको भाउ फेरि बढाएको छ। १५ दिनअघि मात्रै लिटरमा एक रुपैयाँ बढाएको निगमले मंगलबार रातिबाट लागू हुनेगरी फेरि २ रुपैयाँ बढाएको हो।
अब पेट्रोलको भाउ लिटरमा १०७ रुपैयाँ पुगेको छ। यसपाली डिजल र मट्टीतेलको भाउ भने बढाएको छैन।
गत साउन ३२ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ बढाएको थियो। यसको १५ दिनअघि प्रति लिटर २ रुपैयाँले बढाएको थियो।
डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर यथावत रहने छ। निगमले खाना पकाउने ग्यासको मूल्य पनि चलाएको छैन। पछिल्लो दश दिनयता डलरको भाउ घटिरहेको छ। तर निगमले भने पेट्रोलको मूल्यमा भने बृद्धि गरेको छ।
