PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सन्दीप आबद्ध जमैका पराजित



पहिलोपोस्ट

सन्दीप आबद्ध जमैका पराजित

सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। गएराति भएको खेलमा जमैका १९ रनले पराजित भएको हो। जमैकाको लागि सन्दीपमा १ विकेट लिएर २० रन दिएका थिए।

टस हारेर ब्याटिङमा उत्रिएको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। जसका लागि कोलिन मुन्द्रोले सर्वाधिक ६५ रन बनाउँदा किरोन पोलार्डले अभिजित ३३ रन, सुनिल नारिनले २९, लेन्डिल सिमोन्सले २५ र टिम सेइफर्डले १८ रन जोडे। जमैकाका लागि कार्लोस ब्राथवेटले २ विकेट लिँदा सन्दीप र फिडेल एडवार्डसले १/१ विकेट लिए।

सन्दीपले सिमोन्सको विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २० रन दिए।

जवाफी ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा मात्र बनाउन सक्यो। जसका लागि आन्द्रे रशेलले अभिजित अर्धशतक बनाए भने ग्लेन फिलिप्सले ४१ रन, बोनरले २६ रन तथा ब्राथवेटले अभिजित २१ रन जोडे।

पराजयसँगै ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको जमैका ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell