PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

टी २० सिरिजको अन्तिम खेलमा पाकिस्तानको जित, सिरिज बराबरीमा टुंगियो



पहिलोपोस्ट

टी २० सिरिजको अन्तिम खेलमा पाकिस्तानको जित, सिरिज बराबरीमा टुंगियो

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टी २० सिरिज अन्तर्गत गएराति भएको अन्तिम खेलमा पाकिस्तानले जित निकालेको छ। म्यानचेस्टरमा भएको खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई ५ रनले हराउँदै ३ खेलको सिरिज १-१ ले बराबरी गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। जसका लागि मोहम्मद हफिजले सर्बाधिक अभिजित ८६ रन बनाउँदा हैदर अलीले ५४, कप्तान बाबर आजमले २१ र सहाब खानले १५ रनको महत्वपूर्ण योगदान दिए। यता इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले २ विकेट र मोइन अलीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो। जसका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टनले ४६ रन, साम बिलिङ्सले २६ रनको महत्वपूर्ण योगदान दिए। इङ्ग्ल्याण्डलाई रोक्न पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले समान २/२ विकेट तथा इमाद वसिम र हरिस रउफले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा वर्षाका कारण नतिजाविहीन बनेको थियो भने दोस्रो खेलमा इङ्ग्ल्याण्डले ५ विकेटले जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा पाकिस्तानले जित निकालेसँगै सिरिज बराबरीमा टुंगिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell