PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निषेधाज्ञाको मोडालिटीबारे गृहको निर्देशन कुर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारी



पहिलोपोस्ट

निषेधाज्ञाको मोडालिटीबारे गृहको निर्देशन कुर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। तर, गृह मन्त्रालयको सुझाव र निर्देशनमा थप केही दिन निषेधाज्ञा कायम हुने सम्भावना छ। उपत्यकाभित्र कोभिड १९ को संक्रमण बढ्दै गएकाले थप निषेधाज्ञा गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहमत भएका छन्। तर मोडालिटी भने केही फेरबदल गर्ने तयारी छ।

मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहलाई पठाइसकेको छ।

'हामीले विभिन्न सुझाव सहित केही निर्णयहरु पठाएका छौं। अब गृहबाट के निर्देशन आउँछ। त्यही अनुसार हाम्रो निर्णय हुन्छ,'  भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।

करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको थियो। लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो।

अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत संचालन गर्न दिने छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।

गृहमन्त्रालयले निर्देशन र सुझावपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी  आज सार्वजनिक गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell