PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विजय मिश्रलाई अख्तियारको सूचना : सात दिनभित्र सम्पर्कमा आउनु, नआए कानुन बमोजिम हुनेछ



पहिलोपोस्ट

विजय मिश्रलाई अख्तियारको सूचना : सात दिनभित्र सम्पर्कमा आउनु, नआए कानुन बमोजिम हुनेछ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आएन सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचार मन्त्रीबाट राजीनामा दिएका थिए।

आज गोरखापत्रमा अख्तियारले सूचना जारी गर्दै मिश्रलाई हाजिर हुन आउन भनेको हो।

'सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,' अख्तियारको सूचनामा भनिएको छ, 'यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहारी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भई जानेछ।'

मिश्र यतिखेर जापानमा छन्। उनले वक्तव्य जारी गरेर अनुसन्धानका लागि सघाउन आफू तयार रहेको जनाएका छन्। उनले अख्तियारलाई रेकर्डिङ डिभाइस उपलब्ध गराउन आफू जापानमा पुगेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell