PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'एक्टिभ केस' अमेरिकापछि भारतमा धेरै, फेरि एकै दिन थपिए ८० हजार संक्रमित



पहिलोपोस्ट

'एक्टिभ केस' अमेरिकापछि भारतमा धेरै, फेरि एकै दिन थपिए ८० हजार संक्रमित

नयाँ दिल्ली : भारतमा एकै दिन ८० हजार भन्दा धेरै संक्रमित पहिचान भएका छन्। मंगलवार पहिचान भएका संक्रमितको संख्या भारतको दोस्रो ठूलो रेकर्ड हो। एकै दिन संक्रमितको संख्या पहिचानमा विश्वमै भारतले नयाँ रेकर्डहरु कायम गरिसकेको छ। मंगलवार नै भारतमा हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाएका छन्।

सेप्टेम्बरको सुरुवाती दिनमा भारतमा ८० हजार २४ नयाँ कोभिड १९ संक्रमित पहिचान भएका हुन् भने त्यस दिन १ हजार २१ जनाको मृत्यु भयो। यससँगै भारतमा संक्रमितको संख्या ३७ लाख ६२ हजार ६३ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।

संक्रमितको संख्या लगातार बढिरहँदा भारतमा एक्टिभ केस पनि बढेर ८ लाखभन्दा धेरै भएको छ। ११ दिनको अन्तरमा भारतमा ७ लाखबाट ८ लाख एक्टिभ केस भएको हो। जबकि ६ लाखबाट ७ लाख एक्टिभ केस हुन १५ दिन लागेको थियो।

एक्टिभ केसलाई आधारमा मान्ने हो भने अमेरिकापछि भारतमा सबैभन्दा धेरै संक्रमित छन्। संक्रमितको संख्यामा भने पहिलो अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ। मृत्यु भएका संक्रमितको संख्यामा भने अमेरिका र ब्राजिल भारतभन्दा धेरै अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell