काठमाडौं : रुपन्देहीको भीम अस्पतालमा एक जना कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। नवलपरासी वर्दघाट सूस्ता पश्चिम रामग्राम नगरपालिकाकी ६५ वर्षकी महिलाको उपचारका क्रममा मंगलवार राति निधन भएको हो।
१४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएकी महिलालाई बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा आइसीयू खाली नभएपछि भैरहवास्थित भीम अस्पतालमा रेफर गरिएको थियो।
अस्पतालको आइसीयूमा उपचाररत संक्रमित महिलामा डायबिटिज र हाइपरटेन्सन पनि रहेको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिए।
अस्पतालमा हाल ५ बेडको आइसीयू सञ्चालनमा आएको छ। अस्पतालमा हाल २१ जना संक्रमित उपचारका क्रममा रहेका छन्।
