PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

काठमाडौंमा ३० वर्षीया महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु



प्रकाश भण्डारी

काठमाडौंमा ३० वर्षीया महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३० वर्षीया महिलासहित दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मिर्गौला रोगी महिला अल्का अस्पतालमा उपचारत रहेकोमा मंगलवार शिक्षण अस्पताल ल्याइएको थियो।

डायलासिस गराइरहेकी महिलाको मंगलवार साँझ मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक  डा. सन्तकुमार दासले जानकारी दिए।

'अस्पताल ल्याउँदा नै उहाँको स्वास्थ्य अवस्था निकै गाह्रो थियो। हिजो साँझ मृत्यु भएको हो,' उनले भने। मृतक महिला कुन जिल्लाको हो, खुलाइएको छैन।

त्यसैगरी, तनहुँका वृद्ध पुरुषको पनि मृत्यु भएको छ। मिर्गौला रोगीसमेत रहेका ती वृद्धको मंगलवार साँझ नै मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा रोहित पौडेलले जानकारी दिए।

दुवै मृतकको शव शिक्षण अस्पतालमै रहेको र आजै व्यवस्थापन हुने अस्पतालले जनाएको छ। पछिल्लो समय नेपालमा कोभिड १९ संक्रमितको मृत्यु हुनेक्रम बढेको छ। मंगलवार साँझसम्म मात्रै २ सय ३९ जनाका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell