वीरगंज : वीरगंजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ बसबरियाका ९७ वर्षीय वृद्धको नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
उपचारका लागि तराई हस्पिटल भर्ना भएका उनको १२ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १४ गते संक्रमण पुष्टि भएसँगै गण्डक कोभिड अस्पतालमा रेफर गरिएको थियो। दम र मुटु रोगी समेत रहेका संक्रमितको श्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए।