वीरगंज : यहाँस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ६६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
४९३ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोभिड-१९ पुष्टि भएको अस्पतालले जनाएको हव।
४९० जनामा गरिएको परीक्षणमा ६४ जनामा कोभिड पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिए।
त्यसैगरी ३ जनाको जेने एक्पर्ट टेस्ट गर्दा दुई जनाको पोजेटिभ देखिएको उनले बताए।
पछिल्लो परीक्षणमा पर्साका १३, बाराका ५० जना र गण्डक अस्पतालमा एक जनामा कोभिड पुष्टि भएको हो।
जसमध्ये महिला ३६ र पुरुष २८ जना रहेका छन्।
संक्रमितहरु वीरगंज, बहादुरमाई, कलैयाका रहेका छन्।