PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘हाम्रो पात्रो’बाट सोह्र श्राद्धको ‘सीदा दान’



पहिलोपोस्ट

‘हाम्रो पात्रो’बाट सोह्र श्राद्धको ‘सीदा दान’

काठमाडौं : मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ। कोभिड-१९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञानको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ।

कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित/गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएकाले ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो।

शुल्क लाग्छ कति?

नियमित पूजापाठ अथवा अन्य महत्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै न्यून रहेको हाम्रो पात्रोले जनाएको छ। हाम्रो पात्रोको यस सीदा दानको सेवा लिए बापत नेपालभित्रको प्रयोगकर्ताको लागि पाँच सय रुपैयाँ राखिएको छ भने अष्ट्रेलिया बस्ने नेपालीले अस्ट्रेलियाबाट यो सेवा उपभोग गरेको खण्डमा अष्ट्रेलियाको १५ डलर तथा अमेरीकाका नेपालीहरुले अमेरिकी डलर ९.९९ मात्र खर्चिए पुग्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell