काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा कपिलवस्तुकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
भदौ ७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ११ की ६० वर्षकी महिलाको आज विहान ९:१५ बजे मृत्यु भएको अस्पतालका प्रवक्त डा विष्णु गौतमले जानकारी दिए।
उच्च ज्वरो, स्वासप्रस्वासमा समस्यासँगै उच्च रक्तचाप पनि देखिएकी महिलालाई सघन उपचारकक्षमा राखेर ७ गते देखि नै उपचार भइरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत् जनाएको छ।
यसअघि मंगलबार बिहान नै नवलपरासीकी महिलाको उपचारका क्रममा रुपन्देहीमा नै मृत्यु भएको थियो। यस अस्पतालमा मर्नेको संक्रमितको संख्या १० पुगेको छ।
