PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अमेरिकामा रङ्गभेदविरुद्ध कानून र व्यवस्था कडा छ : डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

अमेरिकामा रङ्गभेदविरुद्ध कानून र व्यवस्था कडा छ : डोनाल्ड ट्रम्प
Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विस्कान्सिन राज्यको केनोसा पुगेका छन्। त्यहाँ उनले उनी रङ्गभेदविरुद्धको कानून कार्यान्वयनको मागमा समर्थन जनाए।

गत साता आइतवार प्रहरीले २९ वर्षीय ज्याकुब ब्लेकलाई नियन्त्रणमा लिने क्रममा करिव ७ राउन्ड गोली प्रहार गरेको थियो। घटना पछि युवालाई पक्षघात भएको छ। त्यसयता रङ्गभेदविरुद्ध र न्यायको माग गर्दै आन्दोलन जारी छ।

मध्य पश्चिमी शहरमा भएको यस घटनालाई ट्रम्पले ‘घरेलु आतंक’ र ‘विनाश’को संज्ञा दिए। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव प्रचार प्रसारमा व्यस्त ट्रम्प घटनास्थल पुगेका हुन्। उनले देशमा कानून र व्यवस्था कडा भएको बताए।

चुनावमा उनका प्रतिद्वन्दी रहेका प्रजातान्त्रिक पार्टीका जोय विडेनले भने ट्रम्पले जातीय विभाजन प्रोत्साहित गरेको आरोप लगाउँदै आएका छन्। किनकि यसअघि जारी ‘ब्ल्याक लाइफ म्याटर्स’ आन्दोलनबारे ट्रम्पको प्रतिक्रिया सकारात्मक थिएन। बीबीसीका अनुसार विडेनले भनेका थिए,’देशमा जातीय विभेदको आगो बलिरहेको छ। अनि हाम्रा राष्ट्रपति त्यो आगो निभाउनभन्दा झन् बढाउन लागि परेका छन्।‘

ओपिनियन पोलमा आफूभन्दा विडेनलाई अगाडि देखे पछि ट्रम्प घटनास्थल पुगेका हुन्। त्यहाँ उनले आन्दोलनका कारण ध्वस्त भएका ठाउँहरू हेरे। जलेर खरानी भएका सामानहरू हेर्दै भने,’यो शान्तिपूर्ण प्रदर्शनी होइन आतंकले निम्त्याएको अवस्था हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell