PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीर अस्पतालमा ७१ डाक्टर, स्वास्थ्यकर्मीमा संक्रमण : ७५ जना क्वारेन्टाइनमा गएपछि ओपीडी नै बन्द



प्रकाश भण्डारी

वीर अस्पतालमा ७१ डाक्टर, स्वास्थ्यकर्मीमा संक्रमण : ७५ जना क्वारेन्टाइनमा गएपछि ओपीडी नै बन्द

काठमाडौं : वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोभिड-१९ संक्रमण देखिएछि दुई दिनका लागि ओपीडी सेवा बन्द भएको छ। बुधवार र बिहीवारका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए।

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७१ जनामा संक्रमण देखिएको सेन्चुरीले जानकारी दिए। ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको उनको भनाई छ।

अब स्यानीटाइजले गरेर मात्रै ओपिडी खोलिने सेन्चुरीले बताए। 'ओपीडी दुई दिन बन्द गरेर स्यानीटाइज गर्दै छौं। स्यानीटाइज गरेर पनि तत्काल त्यहाँ जान नहुने रहेछ। त्यसैले पनि दुई दिन बन्द गरिएको हो,' उनले भने। अरु ७५ जना स्वास्थ्यर्मी क्वारेन्टाइनमा रहेको छन्।

७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको हो। वीर अस्पतालमा १६ सय जना डाक्टर, रेजिडेन्ट डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्। १२ सय २८ जना डाक्टर, स्वास्थकर्मी र कर्मचारीको दरबन्दी छ भने बाँकी रेजिडेण्ट डाक्टर कार्यरत रहेको सेन्चुरीले बताए। उनले अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण भयाभह रुपले देखिन थालेपछि ब्यवस्थापन गर्नै कठिन भएको बताए।

'संक्रमण अहिले अस्पतालमै बढ्दो छ। बाँकीलाई पनि क्वारेन्टिन राख्नु परेको छ। व्यवस्थापनमा त ठुलै चुनौति देखिएको छ,' उनले भने।

यस्तै ट्रमा सेन्टरमा पनि १६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell