PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'द थ्री बडी प्रोब्लम'माथि सिरिज बनाउँदै नेट्फ्लिक्स



पहिलोपोस्ट

'द थ्री बडी प्रोब्लम'माथि सिरिज बनाउँदै नेट्फ्लिक्स

नेटफ्लिक्सले चिनियाँ साइन्स फिक्सन 'द थ्री बडी प्रोब्लम'को आधारमा सिरिज निर्माणको घोषणा गरेको छ। जसका लागि चर्चित वेब सिरिज 'गेम्स अफ थ्रोन'का लेखक डेभिड बेनिओफ र डीबी वीसले ब्लडका लेखक अलेक्जेन्डर वूले सहकार्य गर्ने छन्।

यस खबरमाथि मिश्रित प्रतिक्रिया आइरहेको बीबीसीमा जनाइएको छ। दर्शकले चिनियाँ कथा अमेरिकी परिवेश अनुरुप नहुने बताइरहेका छन्।

सन् २००८ मा प्रकाशित 'द थ्री बडी प्रोब्लम' अंग्रेजी भाषामा पनि अनुदित छ। किताबमाथि सकारात्मक टिप्पणी भयो। अमेरिकाका पूर्व राष्ट्रपतिदेखि फेसबुकका प्रमुख मार्क जुकरबर्गले समेत प्रशंसा गरेका थिए।
लियू सिक्सिनको यस किताबको कथाले चीनको सांस्कृतिक क्रान्तिदेखि भविष्यको हजारौं वर्ष पछिसम्मको घटनाक्रम समेट्छ।

'लियू सिक्सिनको यस साइन्स फिक्सन हामीले पढेकोमध्ये महत्वकांक्षी किताब श्रृङ्खला हो। पाठकलाई सन् १९६० देखि समयको अन्त्यसम्म यात्रा गराउँछ', नेट्फ्लिक्सले जनाएको छ।

किताबमाथिको सिरिज कहिले सार्वजनिक हुन्छ भन्ने बारे भने कुनै जानकारी दिइएको छैन। किताबका लेखक सिरिजको परामर्श निर्माताका रुपमा रहनेछन्। उनले आफ्नो किताब एडप्टेसनलाई लिएर आशावादी भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell