PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मर्स्याङ्दी नदीमा ट्रक खस्यो



पहिलोपोस्ट

मर्स्याङ्दी नदीमा ट्रक खस्यो
फाइल फोटो

दमौलीः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा मिनी ट्रक खसेको छ।  सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए। “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ।” एसपी पौडेलले भने।

सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell