PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५ दिनको फरकमा आमा छोराको मृत्यु



प्रकाश भण्डारी

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५ दिनको फरकमा आमा छोराको मृत्यु

काठमाडौं : भक्तपुरको थिमि नगरपालिका-७ का एक परिवारका २ जनाको ५ दिनको फरकमा कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भदौ १५ गते ६२ वर्षकी आमाको निधन भएकोमा मंगलवार राति ४० वर्षका छोराको पनि मृत्यु भएको थिमि नगरपालीका ७ नं वडाका वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले जानकारी दिए।

'५ दिनअघि आमाको मृत्यु भएको थियो। हिजो छोराको पनि मृत्यु भएछ। आमा मरेपछि चिन्ताले छोरा रुदा रुदै स्वास्थ्य कमजोर भयो,'उनले भने। घरका अरु ६ जना सदस्यमा पनि कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको छ। घरका सबैलाई होम आइसोलेसनमै राखिएको प्रजापतिले जानकारी दिए।

छोरालाई संक्रमण भएपछि निमोनियाले स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पाटन अस्पताल ल्याइएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकरी दिए।

काठमाडौंको एक निजी अस्पतालमा उपचाररत कोभिड-१९ पोजेटिभ पुरुषलाई संक्रमण भएपछि निमोनियको समस्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell