काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य एरिक विष्ट कोरोना संक्रमण मुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो।
दुई हप्ता लामो आइसोलेसन बसाईपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन। पाँच दिनअघि टेकुमा स्वाब दिएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
कोरोना संक्रमण पुष्टि भएसँगै चिनजानका मानिसहरुको फेरिएको व्यवाहारले आजित भएका उनले खानामा स्वास्थ्यमा ध्यान दिएकाले कोरोना ठीक भएको बताए।
उनले सामाजिक सञ्जालमा कोरोना संक्रमितलाई हेर्नेदृष्टिकोण राम्रो नभएको अनुभवसमेत सेयर गरेका छन्।
उनले अघिल्लो सिजन न्युरोड टिम (एनआरटीबाट) लिग खेलेका थिए।
