PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जब कोरोना संक्रमित विदेशी त्रिभुवन विमानस्थलमा पुगे…

जब कोरोना संक्रमित विदेशी त्रिभुवन विमानस्थलमा पुगे…

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधवार दिउँसो २ बजे एकाएक एक जना विदेशी नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिन एम्बुलेन्स आइपुग्यो।

उनी चार्टड् उडानमार्फत् मलेसिया जाने तयारीमा थिए। केही समयदेखि नेपालमा नै रोकिएका उनी आजबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विमानस्थल पुगेका थिए। तर, उनको विदेश फर्किने योजना एकाएक असफल बन्न पुग्यो। 

उनी विमानस्थलको गोल्डेन गेटबाट चेकिङ गर्ने स्थानसम्म सहजै पुगेका थिए। तर, त्यहाँ पुगेपछि कर्मचारीले कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट मागे। उनीसित रिपोर्ट थिएन। विमानमा यात्रा गर्न अहिले कोभिड-१९ नेगेटिभ भएको रिपोर्ट देखाएपछि मात्र पाइन्छ।

त्यसपछि उनलाई प्रहरीले रोके। अन्य यात्रुलाई पनि उनी नजिक जान दिइएन। सतर्कता अपनाउँदै सोधपुछ गर्दा उनी कोरोना संक्रमित भएको बुझियो। र, उनलाई नियन्त्रणका लागि एम्बुलेन्स आइपुग्यो।

'उहाँ मालिन्दो एयरबाट क्वालालाम्पुर जाँदै हुनुहुन्थ्यो। उहाँको रिपोर्ट माग्दा देखाउनु भएन। पछि बुझ्दा पोजेटिभ छ भन्ने थाहा भयो,' त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले भने।

 



ट्रेन्डिङ पोस्ट

Ncell