PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सुनसरीका ५८ जनासहित प्रदेश १ मा थपिए १ सय ३७ कोरोना संक्रमित



फूलमाया पुरी

सुनसरीका ५८ जनासहित प्रदेश १ मा थपिए १ सय ३७ कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा आज १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएकामध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन्। त्यस्तै, धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १/१ र स्थानीय तह नखुलेका २ पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

मोरङको विराटनगर महानगरपालिकामा २१ महिला र २३ पुरुष संक्रमित थपिएका छन्। त्यस्तै, मोरङकै धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

झापाको कमल गाउँपालिकामा ३ महिला र ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १/१ पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ। प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८७ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३३ महिला र १ सय ४ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म ९१ ह्जार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell